विश्वभर ८६ लाख २९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २२ लाख १९ हजार १ सय १९ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा १० लाख ३२ हजार ९ सय १३, रुसमा ५ लाख ६८ हजार २ सय ९२, भारतमा ३ लाख ८० हजार ५ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ४ लाख ५८ हजार ७ सय ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख १९ हजार ८६ छ। त्यस्तै, ब्राजिलमा ४८ हजार ९ सय ५४, बेलायतमा ४२ हजार ५ सय ४६, इटालीमा ३४ हजार ५ सय ६१ जनाको मृत्यु भएको छ।
विश्वभर ४२ लाख २८ हजार ६ सय १३ जना संक्रमणमुक्त भएका छन्।
Comments are closed.