Nepal's First Video FM

गण्डकी प्रदेशमा एकै दिन १०८ कोरोना सङ्क्रमित थपिए

429

गण्डकी प्रदेशमा शनिबारमात्र १०८ नयाँ सङ्क्रमित थपिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले साँझ ७ः४५ बजे जारी गरेको विज्ञप्तिअनुसार ५० जनामा नयाँ संक्रमण पुष्टि भएको जनाइएको छ। हालसम्म प्रदेशमा संक्रमित ४ सय ८८ जना पुगेका छन्। यससँगै हिमालपारिको जिल्ला मुस्ताङमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेशका अन्य १० जिल्लामा संक्रमण देखिँदा मुस्ताङमा देखिएको थिएन।

मुस्ताङको घरपजोङ गाउँपालिकाका ८३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा बिनोदबिन्दु शर्माले जानकारी दिए।

पछिल्लो अद्यावधिक विवरणअनुसार बाग्लुङमा २९, तनहुँमा दुई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १८ र मुस्ताङमा एकजना छन्। यसअघि बिहान कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बाग्लुङमा गरी ५८ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। नयाँ सङ्क्रमितहरु सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेकाहरू भएको र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।

You might also like

Comments are closed.