काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ५६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ५६ हजार ९३७ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ८५ लाख २५ हजार ४२ जनामा संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । त्यसपछि क्रमशः रुस, भारत, बेलायत, स्पेन, इटली, पेरु, इरान, जर्मनी, टर्की, चिलीलगायत देश छन् ।
कोरोना भाइरसको संक्रमण २१६ देशमा फैलिसकेको छ ।
Comments are closed.