Nepal's First Video FM

९ सहित थप १६ जनामा कोरोना संक्रमण : बाग्लुङका

थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

466

थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आइतबार बिहान जारी सूचना अनुसार प्रदेशका ४ जिल्लामा थप संक्रमण देखिएको हो।

सूचना अनुसार बाग्लुङका ९, म्याग्दीका ४, तनहुँका १ र पर्वतका २ जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये एक जना महिला र बाँकी पुरुष हुन्।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ। नेपालभर भने संक्रमितको संख्या ८ हजार ६ सय २१ पुगेको छ।

You might also like

Comments are closed.