विगत २४ घण्टायता नेपालमा थप ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण भएको छ। यीमध्ये ८ ६४ जना महिला हुन् भने ८ हजार ६स य ६७ जना पुरुष हुन्।
हालसम्म २ हजार १ सय ४२ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण भएको छ।
नेपालमा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
Comments are closed.