गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् ।
सांसद गुरुङले कामै नभएको बेकामको समितिमा बसिरहनु औचित्य नदेखेकाले समितिका सभापति दीपक कोइरालालाई राजीनामा बुझाएको बताए । उनले राजीनामापत्र समितिका सभापति दीपक कोइरालालाई बुझाएका हुन् ।
ठेक्कापट्टामा मन्त्रीका नजिकका मान्छे इन्जिनियर राखेको र क्रसर उद्योग, विकास निर्माणमा भएका अनियमितता सम्बन्धमा आफूले पटक–पटक कुरा उठाए पनि कुनै सुनुवाइ नभएकाले राजीनामा दिएको उनले बताए ।
Comments are closed.