Nepal's First Video FM

त्रिभुवन विमानस्थलमा एकै दिन १७ उडान

752

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार पनि एकै दिन १७ चार्टर्ड उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ ७ यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ ।

आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बहराइनबाट १५० यात्रुको उद्धार गरी काठमाडौंं ल्याएको छ।

त्यस्तै, हिमालय एयरलाइन्सले पाकिस्तानको ईस्लामाबादबाट ७२ यात्रु ल्याएको छ। सोही एयरलाइन्सले माल्दिभ्सबाट १ सय ५६ यात्रु ल्याएको छ ।

You might also like

Comments are closed.