Nepal's First Video FM

भारत अपडेट: मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो 

450

भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय १२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको हो ।

त्यस्तै, त्यहाँ अहिलेसम्म ४ लाख ४० हजार ४ सय ५० जना कोरोना संक्रमणबाट प्रभावित भइसकेका छन् । सोमबार मात्रै भारतमा १३ हजार ५ सय ४० नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म भारतमा २ लाख ४८ हजार संक्रमित उपचारपछि घर फर्किएका छन् । त्यस्तै, त्यहाँ अहिले १ लाख ७८ हजार संक्रमितको उचार जारी छ । जसमध्ये ८ हजार ९ सय बिरामीको अवस्था गम्भीर रहेको वल्डोमीटरले जनाएको छ ।

You might also like

Comments are closed.