Nepal's First Video FM

कोरोना संक्रमण निको बनाउने औषधी बनाएको पतञ्जलीको दावी

पतञ्जली योगपिठले कोरोनिल ट्याबलेट र श्वासारी बुटी नामको औषधी सार्वजनिक गरेको छ।

707

पतञ्जली योगपिठले कोरोनिल ट्याबलेट र श्वासारी बुटी नामको औषधी सार्वजनिक गरेको छ। कम्पनीले यी दुवै आयुर्वेद औषधी कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी हुने दाबी गरेको छ।

आयुर्वेद औषधी सार्वजनिक गर्दै बाबा रामदेवले २ सय ८० कोरोना संक्रमितमा यसको प्रयोग गरिएको र उनीहरुलाई सञ्चो भएको दाबी गरेको बिबिसी हिन्दीले लेखेको छ। उनले सोध, क्लिनिकल ट्रायल र तथ्यपरक रुपमा कोरोना संक्रमितलाई निको पार्ने पहिलो आयुर्वेदिक औषधी बनाउन सफल भएको दाबी समेत गरेका छन्।

पतञ्जली रिसर्च र नेशनल इन्सटिच्युट अफ मेडिकल साइन्सेस जयपुरले सं‌युक्त रुपमा सो आयुर्वेद औषधी बनाएको हो। सो आयुर्वेदिक औषधीले तीनदेखि सात दिनमा कोरोना संक्रमितलाई निको पार्ने दाबी गरिएको छ। पतञ्जली योगपीठको दाबीअनुसार औषधीको क्लिनिकल ट्रायलमा ६९ प्रतिशत स‌ंक्रमित तीन दिनमा निको भएका थिए।

You might also like

Comments are closed.