Nepal's First Video FM

२४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमण

504

विगत २४ घण्टायता नेपालमा थप ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।यीमध्ये ११० महिला हुन् भने बाँकी ५१९ पुरुष हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ जना पुगेको छ। हालसम्म २ हजार ३ सय ३८ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
प्रवक्ता डा गौतमका अनुसार मंगलबारसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण भएको हो।
हालसम्म नेपालमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

You might also like

Comments are closed.