Nepal's First Video FM

प्रमलाई ज्ञापनपत्र बुझाउन गएका अधिकारकर्मीमाथि प्रहरीको लाठी : रुकुम घटना

494

रुकुम पश्चिमको सोती घटनामा भएको अन्तर्जातीय प्रेम सम्बन्धलाई लिएर भएको नृशंस हत्यामा संलग्नमाथि कारबाही गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन गएका सांसदसहित १५ जना पक्राउ परेका छन्। बुधबार उनीहरूलाई बालुवाटार परिसरबाट प्रहरीले पक्राउ गरेको छ।

प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउन विभिन्न क्षेत्रका अभियान्तासँगै दलित अधिकारकर्मीलाई बालुवाटार पुगेका थिए। ज्ञापनपत्र बुझाउन गएकाहरूमाथि प्रहरीले लाठी प्रहारसमेत गरेको थियो। प्रहरीको लाठीबाट लक्ष्मी परियार गम्भीर घाइते भएकाले वीर अस्पतालमा भर्ना गरिएको छ।

उनीसँगै गएका अन्य १४ जना अभियानकर्मीलाई प्रक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा जीवन परियार, राजकुमार हिङमाङ, टेक बहादुर विक, रणबहादुर रम्तेल,राम नेपाली,शोभा विश्वकर्मा, दुर्गा बराइली, धर्मराज विडवाल, संघर्ष दाहाल,सर्मिला बागचन,हिक्मत महरा,सुनिता मरिक,लक्ष्मी थापा,नानी मैयाँ पुर्कोटी छन् ।

जेठ १० गते अन्तर्जातीय प्रेम सम्बन्धलाई लिएर ६ जना युवाहरुले ज्यान गुमाएका थिए।

You might also like

Comments are closed.