आज नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरूले आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै छन् ।
स्व. भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ।
विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भण्डारीको ३ जेठ २०५० मा दासढुंगा दुर्घटनामा परी निधन भएको थियो ।
भण्डारीको जन्म १४ असार २००९ मा ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो
Comments are closed.