फ़ल्गुन १२, कांग्रेस संसदीय दलको बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ।
निर्वाचनपछि पहिलो पटक बसेको संसदीय दलको बैठकमा विधान संशोधन लगायत दलको नेता चयनका विषयमा छलफल भइरहेको छ। दलको कार्यालय सिंहदरबामा बैठक ३ बजेपछि पुन: सुरु हुनेछ।
कांग्रेसको संसदीय दलको नेता चयनमा दुई नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहले दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
आजको बैठकले दलको नेता चयनको मिति समेत तय गर्नेछ। कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक भोलि सुरु हुँदैछ।
Comments are closed, but trackbacks and pingbacks are open.