फाल्गुन १२ ,सुन्धाराको एक होटलमा युवतीको शव भेटिएको छ। प्रहरीले अनुसन्धानका लागि युवतीका प्रेमिसहित ३ जनालाई पक्राउ गरेको छ।
उदयपुरको कटारी घर भई हात्तीवन बस्ने २४ वर्षिय सर्मिला राउतको शव सुन्धाराको निकुद होटलमा भेटिएको हो। शनिबार बिहान ३ बजे प्रेमी बिशाल खड्कासहित उनी होटलमा गएकी थिइन्।
बिहान उठ्दा प्रेमिकालाई झुन्डिएको अवस्थामा भेटेपछि डोरी फुकाएर निकालेको खड्काले बताएका छन्। युवतीका आफन्तले उनको हत्या भएको हुनसक्ने आशंका गरेका छन्।
प्रहरीका अनुसार युवकका अन्य २ केटा साथी पनि होटलमा गएका थिए। ती साथीहरु भने ५०१ नम्बर कोठामा सुतेका थिए।
बिहान साढे ९ बजे युवकले नै प्रहरीलाई फोन गरेर बोलाएका थिए। महानगरीय अपराध महाशाखाको टिम र फरेन्सिक चिकित्सक समेत घटनास्थलमा पुगेका छन्।
प्रारम्भिक अनुसन्धानमा युवती र उनका प्रेमि रिन्को ओभरसिज नामक मेनपावर कम्पनीमा काम गर्दै आएको खुलेको छ। खड्का विवाहित व्यक्ति हुन्। प्रेमसम्बन्धको उचारताडवकै कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ।
खड्का दुई साथीलाई समेत नियन्त्रणा लिएर अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी टेकुनन्द लिम्बुले बताए।
Comments are closed.