Nepal's First Video FM

घडी चोर ? महंगो घड़ी हरायो :

537

एउटा विद्यार्थीले प्रधानाध्यापकसंग भन्यो

सर सर !हिंजो बुबाले मेरो जन्म दिनमा दिनु भएको महंगो घड़ी हरायो

प्रधानाध्यापक : कहांबाट हरायौ

विद्यार्थी: यहीं कक्षा कोठाबाट हरायो सर !

प्रधानाध्यापक : कसरी हरायो?

विद्यार्थी: टिफिन टाइममा घडी यहीं टेबुलमा राखेर बाहिर गएको थिए, आउंदा टेबुलमा घडी छैन सर !

प्रधानाध्यापक : त्यसोभए यो समय भित्र कक्षा काेठामा तिमीहरू बाहेक अरू कोही आएका छैनन्

प्रधानाध्यापक : तिमीहरू सबै लाइनमा लाग , सबैले आफ्नो आँखामा पट्टी बाँध सबैले त्यसै गरे प्रधानाध्यापकले सबैको पकेट छामे। एउटाको पकेटमा घडीभेटियो घडी बुझाए

चोरी गर्ने केटा डरायो उसले अब मैले चोरेको कुरा कक्षाभरी फैलन्छ भन्ने त्रासमा रह्यो एकदिन दुईदिन गर्दै समय वित्यो तर, उक्त कुरा फैलिएन उनीहरू कलेज जीवन सिध्याएर आआफ्नो कर्ममा लागे

चोर्ने केटा ठूलो उद्योगको मालिक बन्यो एक दिन उसलाई पुरस्कृत गरिने कार्यक्रम थियो उक्त कार्यक्रममा आफ्नो प्रधानाध्यापक पनि आएका थिए केटा प्रधानाध्यापकसंग गएर प्रधानाध्यापकलाई धन्यवाद ज्ञापन गर्दै भन्योआज जो स्थानमा छु सर हजुरकै देन हो हजुरको त्यो गुन कहिल्यै भुल्ने छैन प्रधानाध्यापक आश्चर्यमा पर्दै भनेमैले त्यस्तो के गरें ? तिमी यो सब के भन्दैछौ ?” विद्यार्थीले भन्यो हजुरले त्यो दिन मैले चोरेकाे कुरा कसैलाई भनिदिनु भएन , आज जिन्दा मात्र हैन, यो स्थानमा छु, त्योकुरा विद्यालयमा फैलिएकाे भए त्यही दिन आत्महत्या गर्थें

प्रधानाध्यापक आश्चर्यमा पर्दै भने: “त्यो केटा तिमी थियौ ?” विद्यार्थी फेरी आश्चर्यमा पर्दै भन्याेसर ! हजुरले मलाई भुल्नु भयो ?”

प्रधानाध्यापक: मैले त्याे दिन तिमीहरू संगै मेरो आंखा पनि कालो पट्टीले बांधेको थिए ताकि घडी लिने विद्यार्थी मैले नचिनु चाहन्थे कि मेरो विद्यार्थी मेरो नजरबाट नगिरोस् यो कुरा सुनेर विद्यार्थी झन् आंखाभरी आँसु लिंदै प्रधानाध्यापकलाइ अंगालेर रोयो

गल्ती कसबाट हुंदैन? तर, आज हामी अरूको गल्ती खोज्दै हिंड्छौं बनावटी कथा बनाएर पनि अरूकाे चरित्र हत्या गर्छौं। जबकि हामी कोही गल्ती नगर्नेमा पर्दैनौं। सबैले सानाेठूलो गल्ती गरि रहेका हुन्छौं के कसैको गल्ती हामीले माफ़ गर्न सक्दैनौं ? गल्ती ढाक्न सक्दैनौं ?के सुध्रने माैका दिन सक्दैनौं ?

You might also like

Comments are closed.