Nepal's First Video FM

लकडाउन साउन ७ सम्म बढाइयो

470

सरकारले यथास्थितिको लकडाउन साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

नेपालमा दिनानुदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकाले हाल कायम रहेको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको हो । स्वास्थ्य सतर्कता अपनाउन आवश्यक देखिएको हुनाले सरकारले यथास्थितिको लकडाउनलाई लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि स्थानीय र प्रदेश सरकारले नै लकडाउन खुकुलो र कडा पार्न सक्ने अधिकार पनि मन्त्रिपरिषद्ले दिएको छ । अघि सरकारले असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियो ।

You might also like

Comments are closed.