आज देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश ५ का १/२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
ती क्षेत्रहरूका नदीहमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको महाशाखाले जनाएको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.