Nepal's First Video FM

भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १७ हजार नाघ्याे

53

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

अहिले भारतमा काराेनभाइरसबाट मृत्यु हुनेकाे संख्या १७ हजार नाघेकाे । वर्डाेमिटर्सका अनुसार बुधबार बिहानसम्म भारतमा काेराेनाभइरसबाट मृत्यु हुनेकाे संख्या १७ हजार ४१० पुगेकाे छ ।

पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ५ सय ६ जनाकाे मृत्यु भएकाे छ भने १८ हजार २५६ जना कोरोना सङ्क्रमित भेटिएका छन् । योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या ५ लाख ८५ हजार ७९६ पुगेकाे छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.