Nepal's First Video FM

विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४ लाख, मृत्यु हुने ५ लाख ९ हजार

89

विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेको संख्या १ करोड ४ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ४ लाख ३४ हजार ८ सय ३५ पुगेको हो। यस्तै महामारीबाट मृत्यु हुनेको संख्या ५ लाख ९ हजार ७ सय ७९ पुगेको छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या २६ लाख २९ हजार ३ सय ७२ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख २७ हजार ३ सय २२ पुगेको छ। अर्को दक्षिण अमेरिकी मुलुक ब्राजिलमा १४ लाख २ हजार ४१ संक्रमित र ५९ लाख ५ सय ९४ को मृत्यु भएको छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.