Nepal's First Video FM

पेट्रोलियम पदार्थको मूल्य बढेयो

608

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य २ रुपैयाँ बढाएको हो ।

योसँगै पेट्रोलको मूल्य बुधबारबाट काठमाडौंमा १०१ रुपैयाँ प्रतिलिटर र डिजेल/मट्टीतेलको मूल्य ८७ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ । चारआली, विराटनगर, महेन्द्रनगर, वीरगंज नेपालगंजलगायतका तराईका क्षेत्रमा ९९ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेलको मूल्य ८५ रुपैयाँ ५० पैसा कायम हुने भएको छ ।

पोखरा र दाङमा १०० रुपैयाँ ५० पैसा प्रतिलिटर पेट्रोल र ८६ रुपैयाँ ५० पैसा प्रतिलिटर डिजेल/मट्टीतेलको मूल्य कायम भएको छ । बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने जानकारी निगमले दिएको छ ।

You might also like

Comments are closed.