Nepal's First Video FM

डोल्पाबाट ३६३ जनाको स्वाब परीक्षणका लागि नेपालगन्ज पठाइयो

70

जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत २ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट ३६३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ । १६ गते भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको थियो ।

कन्ट्रक्याक्ट ट्रेसिङका आधारमा ३६३ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले बताउनुभयो ।

यसैबीच संक्रमित देखिएका जिल्लाबाट संकलित स्वाब हेलिकप्टरमार्फत परिक्षणका लागि सुर्खेत पठाउन नेपाली सेनाको हेलिकप्टर प्रयोगका लागि केन्द्रीय विपद् व्यवस्थापन केन्द्र र रक्षा मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ । वर्षातका कारण बाटो अप्ठेरो भएकाले स्वाब संकनल गरी सुर्खेतसम्म पुर्याउन कठिन भएकोले उक्त निर्णय गरिएको हो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.