Nepal's First Video FM

३२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १४,०७८ पुग्यो

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार प्रदेशका ४ जिल्लामा उक्त संख्यामा संक्रमित थपिएको पुष्टि भएको हो।

358

नेपालमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार प्रदेशका ४ जिल्लामा उक्त संख्यामा संक्रमित थपिएको पुष्टि भएको हो।

नवलपरासी पूर्वका १९, तनहुँका ९, पर्वतका ३ र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जनाएका छन्। संक्रमितमा ४ महिला र २८ पुरुष छन्। उनीहरुलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ।

योसँगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या १ हजार ६३ पुगेको छ भने नेपालमा संक्रमितको संख्या १४ हजार ७८ पुगेको छ।

You might also like

Comments are closed.