Nepal's First Video FM

माग पुरा नभएको भन्दै सीटीईभीटीका कर्मचारीहरु आन्दोलनमा

434

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीलाई थप सुदृढ बनाउन भन्दै प्रस्तावित प्राविधिक व्यावसायिक शिक्षा तथा तालिम ऐनमा आफ्नो सुझाव समेटिनुपर्ने कर्मचारीले माग गरेका छन् ।

कर्मचारी संघका अध्यक्षका नवीन कुमार गुरुङ तथा राष्ट्रिय कर्मचारी संगठनका तेज बहादुर खत्रीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आफूहरुको भावना समेत ऐनमा समेटिनुपर्ने उल्लेख गरिएको छ ।

सरोकारवाला सबै पक्षसँग पर्याप्त छलफल गरि छलफलको निष्कर्षका आधारमा प्रस्तावित ऐन तयार गरी अगाडि बढाउन अपिल गरिइएको राष्ट्रि कर्मचारी संगठनका उपाध्यक्ष विजेश बस्नेतले बताउनुभयो ।

आफूहरुको माग पूरा नभए चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने कर्मचारीले चेतावनी दिएका छन् ।

You might also like

Comments are closed.