आज सबै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन सक्रिय भएकाले आज पनि धेरै स्थानमा वर्षाको हुने भएको हो ।
मनसुन सक्रिय भएसँगै नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा वर्षा भइरहेको छ ।
Comments are closed.