Nepal's First Video FM

आज बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

40

२२ असार, काठमाडौं । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आज खान छुटेकालाई भोलि खुवाइने छ ।

आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ ।

वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका गत चैत २१ गते स्थगित गरिएको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.