Nepal's First Video FM

गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंकको संयुक्त कारोबार शुभारम्भ

76

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेको मेगा बैंक नेपालले संयुक्त कारोबार सुरु गरेको छ। पोखरामा एक समारोहका बीच गण्डकी विकास बैंकलाई मेगा बैंकमा प्राप्तिको घोषणा गरेपछि संयुक्त कारोबार सूरु गरेको बैंकले जनाएको छ।

सो अवसरमा गण्डकी प्रदेश प्रमुख अमीक शेरचनले ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारालाई सार्थक बनाउँदै मध्यमवर्गीय नेपालीको बैंक बन्न मेगा बैंकलाई सुझाव दिए। त्यसैगरी, सो अवधसरमा गण्डकी प्रदेश सभाका सदस्य बिन्दुकुमार थापा र पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसीले गण्डकी विकास बैंकलाई प्राप्ति गरेकोमा मेगा बैंकलाई बधाई दिए।

९५ वटा शाखा कार्यालय रहेको गण्डकी विकास बैंक मेगा परिवारमा समाहित भएपछि मेगा बैंक अब पूँजी, व्यवसायको आकार र शाखा सञ्जालमा देशकै ठूलो मध्येको एक वाणिज्य बैंकको रुपमा स्थापित भएको बताए।

मेगा बैंक देशका अन्य वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२ औं र नाफाका आधारमा ११औं स्थानमा रहेको उनले बताएक छन। हाल बैंकका कर्मचारीको संख्या १२ सयबाट १८ सय पुगेको छ।

९५ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पूँजी २ अर्ब ७५ करोड रहेको थियो। विसं २०७७ चैत्र मसान्तको एकीकृत तथ्याङ्कका आधारमा मेगा बैंकको निक्षेप १ खर्ब २५ अर्ब भन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी रहेको छ।

ग्राहकको विश्वास जित्दै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९’ पुरस्कारबाट समेत सम्मानित भएको मेगा बैंकको ग्राहक संख्या अब ११ लाख भन्दा बढी भएको छ। बैंकका शाखा संख्या २ सय ६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा र एटीएम १ सय ४२ पुगेका छन्।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.