Nepal's First Video FM

मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

372

नुवाकोटको विदुर नगरपालिका–५ गंगटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नगरपालिका-३ खड्गभञ्याङका २१ वर्षीय ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले जानकारी दिए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा चक्रदेव पोलिक्लिनिक विदुरमा मृत्यु भएको हो।

You might also like

Comments are closed.