पालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये ४२.७ प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६ हजार ८११ पुगेको बताए । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २६४ रहेको छ । २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण देखिएको छ । आजसम्म कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या १५ हजार ९६४ जना पुगेको छ ।
त्यसैगरी ५७.१ प्रतिशत अर्थात् ९ हजार ११८ आइसोलेशनमा रहेका उनको भनाइ छ । गत २४ घण्टामा १८० जनामा कोरोना पुष्टि भएको छ । विगत २४ घण्टामा २३ प्रयोगशालामा ४ हजार ७२१ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिए । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या २९ हजार २१५ रहेको छ ।
Comments are closed.