Nepal's First Video FM

कोरोना अपडेट: एकै दिन ४४ हजार संक्रमित थपिए अमेरिकामा

70

अमेरिकामा एकै दिन ४४ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार सोमबार ४४ हजार ३ सय ६१ संक्रमित थपिएका हुन्। यस्तै, सोमबार थप २ सय ३५ जनाको मृत्यु भएको छ।

यस्तै, टेक्सासमा थप ५ हजार ३ सय १८ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ लाख ५ सय ५७ पुगेको छ। यसअघि त्यहाँ जुलाई १४ मा ८ हजार २ सय ५८ संक्रमित थपिएर रेकर्ड कायम गरेको थियो।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.