Nepal's First Video FM

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु

632

फाल्गुन १२, झापाको बिर्तामोड नगरपालिका – ७ मा आज जंगली हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका – ३ मियाबारी निवासी ७० वर्षीय च्याङ्ग्रा राजवंशी र बिर्तामोड नगरपालिका – ७ निवासी ७० वर्षीय लसुने मियाँ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

घर नजिकैको दुन्दर निचाझोडा सामुदायिक वनमा दाउरा खोज्न गएका उनीहरुलाई आज दिउँसो १२ बजे जंगली हात्तीले लछारपछार पार्दै खुट्टाले कुल्चिएर मारेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.