Nepal's First Video FM

आज ९५७ नेपाली फर्किए स्वेदश

574

आज विभिन्न देशबाट ९५७ जना नेपालीलाई स्वदेश फर्काइएको छ । कोरोना महामारीका कारण विदेशमा समस्या परेका नेपालीलाई स्वेदश फर्काउने सिलसिलामा आज ९५७ जना नेपालीलाई स्वदेश फर्किएका हुन् ।

बुधबार विभिन्न ६ उडानमार्फत यूएईबाट १५१, कतारबाट ४७९ र मलेसियाबाट ३२७ जना स्वेदश फर्किएका हुन् । कतार ५ र मलेसियाबाट २ गरी ७ वटा शव पनि ल्याइएको कोभिड-१९ क्राइसिसि म्यानेजम्यान सेन्टर (सीसीएमसी)ले जनाएको छ ।

बुधबार स्वेदश फर्किएका मध्ये प्रदेश-२ का सबैभन्दा धेरै रहेका छन् । प्रदेश-२ का २४९ जना, प्रदेश-१ का २२५ जना, बागमती प्रदेशका १७९ जना, प्रदेश-५ का १५९ जना, गण्डकी प्रदेशका ९४ जना, कर्णाली प्रदेशका २९ जना र सबैभन्दा थोरै सुदूरपश्चिम प्रदेशका २२ जना स्वदेश फर्किएका हुन् ।

You might also like

Comments are closed.