Nepal's First Video FM

बोलिभियाकी राष्ट्रपतिलाई कोरोना संक्रमण

546

एजेन्सी–बोलिभियाकी राष्ट्रपति ज्यानिन अनेजले आफूमा कोरोना पोजिटिभ देखिएको बताएकी छन्। उनले बिहीबार ट्वीट गर्दै आफू ठीक रहेको र आइसोलेसनमा बसेर काम गरिरहेको बताएकी छन्। उनले सबैको प्रयासबाट यो महामारीबाट बाहिर निस्कने पनि उल्लेख गरेकी छन्।

बोलिभियाकी स्वास्थ्यमन्त्री मारिया इडी रोकाले आफूलाई कोरोना भएको जनाएको एक सातापछि राष्ट्रपतिमा पनि संक्रमण पुष्टि भएको हो।

You might also like

Comments are closed.