Nepal's First Video FM

विभिन्न देशबाट १६ सय नेपाली आज स्वदेश फर्कंदै

231

कोरोना भाइरसबाट प्रभावित भएर विभिन्न देशमा अलपत्र १६ सय नेपाली आज नेपाल फर्कंने भएका छन् । आज ओमान, मलेसिया, दुबई, कतार र कुवेतबाट १६ सय नेपाली फर्कंन लागेका हुन् ।

उनीहरूलाई नेपाल एयरलाइन्सका ३, हिमालयन एयरलाइन्सका ५, कोरियन एयरको १ र सलाम एयरको १ उडानमार्फत् स्वदेश ल्याइन लागिएको हो ।

आज मलेसियाबाट मात्रै झण्डै ५ सय नेपाली स्वदेश फर्कंन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । ३२ जेठदेखि सरकारले विभिन्न देशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान गरेकोमा २७ असारदेखि चार्टर्ड उडान स्थगित गर्ने भएको छ ।

बिहीबारसम्ममा खाडी मलेसियासहित विभिन्न देशमा समस्यामा परेका १ सय ४८ उडानमार्फत २३ हजार १०४ जना नेपाली स्वदेश फर्किएका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.