Nepal's First Video FM

राजेश हमाल संग धेरै स्टेज संगै पुगेका गायक खुमन अधिकारीले दिए दीपाश्रीलाई मुखभरिको जवाफ,राजेश हमाल संग भोटिङ्ग गरौ !

831

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा आज भोली विवादका धेरै विषयहरु सार्वजनिक भइरहेको छ । केही दिन अगाडी हास्य कलाकार दिपा श्री निरौलालले ‘रजतपत अंकल’ प्रकाश सुवेदीसँग दिएको अन्तर्वातामा राजेश हमाल महानायक हो र ? भन्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । जसको कारण सामाजिक सञ्जालमा दिपा श्रीको चर्को विरोध भइरहेको छ । यही क्रममा लोकप्रिय गायक खुमन अधिकारीले दिपा श्रीमाथि आक्रोस पोखेका छन् ।

उनले लालीगुराँस डटकम मार्फत अभिनेता हमालको समर्थन गर्दै नेपाली फिल्मलाई काँधमा बोकेका राजेश हमाललाई दिइएको टाइटल नेपाली दर्शकले दिएको बताएका छन् ।भोटिङ्ग गर्ने हो भने पनि राजेश हमालको पक्षमा नै १००प्रतिशतनै मत खस्ने भन्दै दिपा श्री निरौलालाई सजक रहन अनुरोध गरेका छन।
हेरौ यो बिशेष कुराकानी :

You might also like

Comments are closed.