Nepal's First Video FM

बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित

367

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्षस्थानको रियल मड्रिडसँगको अंक दूरी १ मा झारेको छ । आइतबार बिहान भएकाे खेलमा बार्सिलोनाले घरेलु टाेली भालाडोलिडलाई १-० ले पराजित गरी ३ अंक हासिल गरेको हो ।

बार्सिलोनाको जितमा अर्टुरो भिडालले गोल गरे । खेलको १५औँ मिनेटमा भिडालले गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । मेस्सीले पेनाल्टी क्षेत्र नजिकबाट दिएको फ्लिक पासलाई भिडालले सदुपयाेग गरे ।

मेस्सीले एकै सिजन २० गोल र २० असिस्ट गर्ने पहिलो खेलाडीको रेकर्ड पनि बनाए ।

You might also like

Comments are closed.