Nepal's First Video FM

पुनःनिर्वाचनका लागि तयारी नगरेको ब्राजिलका राष्ट्रपतिको दावी

755

फाल्गुन १२, ब्राजिलका राष्ट्रपति मिचेल टेमेरले आगामी अक्टोबरमा हुने निर्वाचनमा आफुले फेरी निर्वाचित हुन कुनै तयारी नगरेको शुक्रबार बताउनु भएको छ ।

एउटा रेडियो अन्तवार्तामा उहाँले आफ्नो लोकप्रियता बढ्दै गएकाले पुनः निर्वाचनमा लड्ने अनुमानहरुलाई अस्विकार गर्नुभयो ।

गत हप्ता भरी ब्राजिलमा टेमेरले फेरी पनि राष्ट्रपतीय निर्वाचनमा प्रतिश्पर्धा गर्ने चर्चा व्यापक भएको थियो ।

मेरो हस्तक्षेपकारी भूमिका अर्को छुट्टै अभियानका लागि हो, यो कुनै निर्वाचन प्रयोजनका लागि होइन, टेमेरले भन्नु भयो । उहाँले थप्नुभयो, “म उम्मेदवार हुनेछैन ।” (रासस)

You might also like

Comments are closed.