Nepal's First Video FM

पहिरोमा पुरिएका आठ शव निकालियो

607

फाल्गुन १२ , इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् ।

यस पहिरोमा अझै १३ जना किसान पुरिएर रहेका अधिकारीहरुले जानकारी दिएका छन् । पहिरोमा अरु पनि केही व्यक्ति पुरिएको अनुमान गरिएको छ । यसमा परेकाहरुको उद्धारकार्य जारी रहेको जाकार्ताबाट प्राप्त समाचारमा जनाइएको छ ।

यहाँको बे्रबस जिल्लाको पासिर पान्जाङ गाउँमा गएको यस पहिरोको उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरणहरु प्रयोग गर्न नसकेका कारण उद्धारकार्यमा कठिनाई भएको बताइएको छ ।

पहिरो गएको क्षेत्रको भौगोलिक विकटताका कारण यसरी उद्धारका लागि उपकरण प्रयोगमा कठिनाइ उत्पन्न भएको अधिकारीहरुले जनाएका छन् ।

यस उद्धारकार्यमा प्रहरी, सेना र स्थानीयवासीको समेत सहभागीता रहेको प्रकोप नियन्त्रण कायाशर््लयले जनाएको छ ।

यस पहिरोमा परेका १४ किसानहरुलाई जिवीतै उद्धार गरिएको तर सामान्य रुपमा घाइते भएका सो नियकायले जनाएको छ । घाइतेहरुको नजिकैकाके अस्पतालमा उपचार भईरहेको छ । (रासस)

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.