Nepal's First Video FM

तालिवानी समूहको आक्रमणमा २२ अफगानी सैनिकको मृत्यु

544

फाल्गुन १२, तालिवानी समूहले अफगानिस्तानको पश्चिमी फराह राज्यमा रहेको सैनिक शिविरमा गरेको आक्रमणमा परी कम्तिमा २२ जना अफगानी सेनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।

तालिवानी समूहको सयौँको सङ्ख्यामा आएका सशस्त्र लडाकूले कानेस्क क्षेत्रमा रहेको शिविरमाथि एक्कासी आक्रमण गरेपछि दुई पक्षबीच शुक्रबार रातभर भीडन्त भएको र रातभरको लडाइमा केही सैनिक अधिकारीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता नसीर मेहरीले बताउनुभयो ।

उक्त भडपमा विद्रोहतर्फ पनि क्षतिभएको तर मृतक विद्रोहीलाई उनीहरूले नै बोकेर लगेकोले एकीन सङ्ख्या थाहा हुन नसकेको उहाँले सिन्ह्वा न्यूज एजेन्सीलाई बताउनुभयो ।

घटनास्थलमा थप आक्रमण हुनसक्ने सम्भावना नभएपनि सावधानीका लागि केही सुरक्षाकर्मीलाई त्यसतर्फ पठाइएको बताइएको छ ।

यसबारे तालिवान समूहको औपचारिक धारणा अहिलेसम्म पाउन सकिएको छैन ।
(रासस)

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.