Nepal's First Video FM

विश्‍वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड ३० लाख

308

एजेन्सी । विश्‍वभर पछिल्लो चौबीस घण्टामा दुई लाख ३० हजार कोरोना भाइरसका संक्रमित थपिएका छन् । विश्‍व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार आइतबार विश्‍वभर अहिलेसम्मकै दैनिक उच्च वृद्धि भएको हो । नयाँ कोरोना भाइरस संक्रमित बढ्नेमा सबैभन्दा बढी अमेरिका, ब्राजिल र भारत छन् । यसअघि सबैभन्दा बढी जुलाई १० मा दुई लाख २८ हजार १०२ संक्रमित थपिएका हुन् ।

विश्‍वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड ३० लाख पुगेको छ । विश्‍वभर सात महिनामा कोरोना भाइरसको संक्रमणबाट निधन  हुनेको संख्या पाँच लाख ६५ हजारभन्दा बढी पुगेको छ । – रोयटर्स

You might also like

Comments are closed.