नेपालमै पहिलो पटक विद्युतीय बस सुरु गरेको सुन्दर यातायातले मङ्लबारदेखि काठमाडौं उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ । प्रालिले कोभिड-१९ को सङ्क्रमण नेपालमा भित्रिनु पहिलेदेखि नै यात्रुको ज्वरो परीक्षण गराउँदै आएको थियो ।
सरकारले थप ५० प्रतिशत भाडा लिने निर्णय गरेकामा त्योसमेत नलिई बस सञ्चालन गर्न लागिएको प्रालिकी प्रशासन प्रमुख सरिता योगीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने प्रालिले जनाएको छ ।
Comments are closed.