Nepal's First Video FM

पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड अवरुद्ध

387

३ साउन , काठमाडौँ : गए राति खसेको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको छ।

पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गए राति पहिरो खसेको हो । पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

उक्त ठाउँमा हिजो खसेको पहिरो हटाउन नपाउँदै पुनः पहिरो गएको हो । पहिरोले लु १ क ११७५ नम्बरको ट्रक पुरेको छ।

पहिरो पन्छाउने काम शुरु गरिएको तर ढिस्को खस्ने क्रम जारी रहेकाले सडक खुल्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए।

You might also like

Comments are closed.