Nepal's First Video FM

मानवीय क्षतिप्रति मेलम्ची आयोजना दुःख व्यक्त

588

मेलम्ची खानेपानी आयोजनाले सुरुङ र अस्थायी बाँधको निर्माण कार्य परीक्षणका क्रममा भएको दुघर्टनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ । आयोजनाले गत असार ३० गते मध्याह्नमा १७ नम्बर गेट खुल्दा प्रवाह भएको पानीले आयोजनाका निर्माण व्यवसायी सिनो हाइड्रो कर्पोरेशनमा कार्यरत इञ्जिनीयर सतीसकुमार गोइत र सवारी चालक राधाकृष्ण थापा मगरलाई बगाई मेलम्ची नदीमा बेपत्ता हुनुभएको जनाएको छ ।

खोज तथा उद्धारका क्रममा इञ्जिनीयर गोइतको शव प्राप्त भए तापनि चालक थापामगर अझैसम्म बेपत्ता रहेका छन् । सुरक्षाका सबै उपायको अवलम्बन गर्दागर्दै हुन गएको दुर्घटनामा मानवीय क्षति भएकामा मेलम्ची खानेपानी आयोजना स्तब्ध भएको जनाएको छ ।

You might also like

Comments are closed.