जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ का कारण मृत्यु भएकाको संख्या १ लाख ४० हजारभन्दा माथि गइसकेको छ । तर, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मृत्यु दरको यस्तो आँकडालाई खारेज गरिदिएका छन् ।
कोरोनाका कारण संसारभर मरेका ६ लाख मानिसमध्ये सबैभन्दा बढी अमेरिकाका रहेका जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोनाका कारण बढी मानिसको मृत्यु भइरहेको मुलुकको सूचीमा अमेरिका सातौँ स्थानमा छ ।
तर, फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा सबैभन्दा कम मृत्युदर रहेको दाबी गरेका हुन् । उनका अनुसार बढीभन्दा बढी परीक्षण भइरहेकाले अमेरिकामा कोरोना संक्रमित धेरै देखिएका छन् ।
Comments are closed, but trackbacks and pingbacks are open.