Nepal's First Video FM

बाजुराको ताप्रीसेरामा रहेको पक्की पुल खोलाले बगायो

441
बाजुरा : बाजुराको साफेँ मार्तडी सडक अन्तर्गत बुढिगंगा नगरपालिका वडा नम्बर दुई ताप्रीसेरामा रहेको पक्की पुल खोलाले बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीले सो पुल बगाएको हो ।

साफे मार्तडी सडक अन्तर्गत धेरै ठाउँमा पहिरो आएर आजदेखी यातायात पुर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । पक्की पुल बगाउँदा यातायात सेवा ठप्प भएको छ ।

बुढीगंगा नगरपालिकामा वर्षापछिको बाढी पहिरोले ठुलो क्षति पुर्‍याएको छ । नगरपालिकाकोे कुडी, बजेडी, नडाङ, मुशी ताप्रीसेराका पूरै बस्ती विस्थापित भएका छन् । बजेडीका ६ परिवारका घरमाथिबाट पहिरो आएपछि घरहरु चर्केका कारण विस्थापित भएका हुन् । नडाङका १० परिवार नजिकैको विद्यालयमा सरेका छन् ।

ताप्रीसेरा बजार भित्रै बाढी पसेर लाखौंको क्षति भएको छ । घट्टे खोलाबाट आएको बाढीले ताप्रीसेराका व्यापारी गोपाल थापाको पसल बगाएर लाखौंको क्षति भएको छ । पानीमुल खोला र ठाँडो खोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताप्रीसेराका खेति योग्य जमीन बगरमा परिणत भएको छ ।

You might also like

Comments are closed.