काठमाडौं : बझाङमा पानीमा डुबेर दुई बालकको निधन भएको छ । तलकोट गाउँपालिका ३, बस्तीका रुपेश रोकायाको ९ वर्षीय छोरा सोवन र सोही ठाउँका रामचन्द्र रोकायाका ८ वर्षीय छोरा सर्जनको पानीमा डुबेर निधन भएको हो ।
सोही ठाउँस्थित रहेको सिँचाइको पानी ट्यांकीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरुको जिल्ला अस्पताल बझाङतर्फ लैजाने क्रममा बाटोमै निधन भएको हो ।
Comments are closed.