५ साउन , धादिङ : लगातारको वर्षाले ठाउँठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । धादिङको गल्छि, गजुरी र बेनीघाट रोराङ गाउँपालिकाका विभिन्न ठाउँमा राजमार्ग माथिबाट पहिरो खसकाले सडक अवरुद्ध भएको हो । धादिङका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार दर्जभन्दा बढी ठाउँमा पहिरो गएको छ ।
ठाउँठाउँमा गएको पहिरोले सवारीसाधन रोकिएका छन् । राजमार्गको माथिल्लो भागतिर खनिएको ग्रामीण सडकबाट आएको लेदोले पनि राजमार्ग अवरुद्ध भएको छ ।
Comments are closed.