Nepal's First Video FM

बढ्यो सुनको भाउ , तोलाको कति पुग्यो हेर्नुहोस !

511

६ साउन , काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । सोमबार तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ३९५ रुपैयाँले बढेर ९२ हजार २ सय ६० रुपैयाँ पुगेको छ । चाँदीको भाउ एकै दिन तोलामा ४० रुपैयाँले बढेको छ । महासंघले आज (मंगलबार) का लागि तोलाको एक हजार ४० रुपैयाँ तोकेको छ । चाँदी सोमबार तोलाको हजार रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.