Nepal's First Video FM

गण्डकी प्रदेशमा थपीए नौ जना कोरोना संक्रमित

340

कास्की । गण्डकी प्रदेशमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप नौ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसा नयाँ संक्रमितमा स्याङ्जाका ३ जना, बग्लुङका ३ जना र म्याग्दीका ३ जना रहेका छन्। कोरोना संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेशन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा शर्माले जनाकारी दिए ।

योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ३२९ पुगेको छ । प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार २० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा आईसोलेशनमा रहेकाको कुलसंख्या ४३६ जना रहेको छ । प्रदेशमा सवैभन्दा धेरै नवलपरासी पूर्वमा २९५ जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १।१ जना संक्रमित निको भइ घर फर्किएका छन् । गण्डकी प्रदेशका ११ ओटा जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा १ हजा ८२४ जना क्वारेन्टाइनमा रहेका छन ।

हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् । गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट चार जनाको निधन भएको छ ।

You might also like

Comments are closed.