Nepal's First Video FM

नेकपाको स्थायी कमिटी बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित

12

साउन ६ , काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक अलि पछि धकेलिएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओली एवं अध्यक्ष पुष्पकुमार दाहाल प्रचण्डबीच नेतृत्वको विषयमा मोटामोटी सहमति भएपछि आज स्थायी कमिटी बैठक बस्न लागेको हो । तर, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने ओली र प्रचण्डबीचको सहमतिलाई षड्यन्त्र भएको बताउँदै देशव्यापी बहसमा जाने निर्णय गरेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.