Nepal's First Video FM

बद्री पङ्गेनिले आफ्नि श्रीमतिलाई तीजमा माइत नपठाए पछी ..(भिडियो)

557

काठ्माडौ : नेपाली लोक संगीत पारखीले सधै सम्झी रहने नाम हो बद्री पंगेनी । ७ दर्जनबढी गीत गाएका पंगेनीका ‘तानसेन कसौली’, ‘पीएन क्यापस’, ‘ब्युटी नम्वर वान’, ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’, ‘फोटो फिर्ता लेउ’, ‘अहिले नै गणतन्त्र आको छैन’, ‘लाउ चेली सिन्दुर लाउ’लगायतका धेरै चर्चित छन् ।

उनका हरेक गीतहरुमा फरक किसिको मिठास पाईन्छ।पंगेनी गायनमा सर्वत्र चिनिन सफल गीत भने ‘सुसुरालीमा’ एल्बमको ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ हो । यो गीतपछि उनले गायनमा पछाडि फर्केर हेर्नु परेन ।

गायक पंगेनीको जन्म पाल्पाको रामपुरमा भयको हो। उनले २०५५ मा ‘तानसेन खस्यौली’ बोलको गीतबाट आधिकारिक गायन सुरु गरेका थिए । गायन संघर्षको समय ६ वर्ष दोहोरी साँझमा समेत काम गरेका पंगेनी लोक तथा दोहोरी गीत प्रतिष्ठान निवर्तमान अध्यक्षसमेत हुन् ।

अहिले नेपाली सांगेतीक बजारमा तिजको लहर छायको छ,यो लहरमा थुप्रै कलाकारहरुले तिज गीतहरु बजारमा ल्याई सकेका छन्। गायक बद्री पंगेनीको पनी निकै उत्कृष्ट र समय सान्धर्विक तिज गीत बजार मा आएको छ।

उनको उक्त गीत पछिल्लो समयको बास्तविक परिस्तिथी संग जोडियको छ ।गीतमा “कोरोनाको डर छ सानु.. घरमै बस्नु पर्छ” जस्ता थुप्रै शब्दहरु सुन्न सकिन्छ जुन पछिल्लो समयको बास्तविक परिस्थिती संग मेल खान्छ।

गीतमा बद्री पंगेनी संगै कबिता अर्याल को स्वर रहेको छ भने शब्द रबिन लामिछाने र संगीत बद्री पंगेनीकै रहेको छ। गीतको भिडियो निर्देशन शंकर बि.सीले गरेका छन,अभिनय शंकर बि.सी र अञ्जलि अधिकारीको रहेको छ भने छायांकन दुर्गा पौडेलको रहेको छ।

हेरौ भिडियो:

You might also like

Comments are closed.